सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासमा छ : प्रसाई

सदरलाइन संवाददाता २२ फाल्गुन २०७९, सोमबार १४:२५
 

दाङ : लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रसाईले यस्तो बताएका हुन् ।

शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र गति र मदिरा सेवन गरेर सवारीका साधन चलाउने कार्यले सडक दुर्घटनामा बृद्धि भएको दाबी गरे । लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके र दाङमा बढी सवारी दुर्घटना हुने जानकारी समेत दिए ।


कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले अटोका कारण बढी सवारी दुर्घटना हुने गरेको बताए । स्थानीय सरकारले समेत सुचीकरण र ब्यबस्थापनमा ध्यान दिएपनि सडकमा अटोका कारण बढी दुर्घटना हुने गरेको बताए । कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्ण खोप सुनिश्चितताका लागि कार्ययोजना बनाईंदै

२२ फाल्गुन २०७९, सोमबार १४:२५
नेपालगञ्ज : नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको हो । वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने […]