बाँकेस्थित अम्बे स्टिल्समा आगलागी, अढाई करोड बढीको क्षति

सदरलाइन संवाददाता १२ फाल्गुन २०७९, शुक्रबार १२:४४
 

नेपालगञ्ज : बाँकेको जानकीस्थित अम्बे स्टिल्समा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित अम्बे स्टिल्समा रहेको भट्टीमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा आगलागी भएको इलाका प्रहरी कार्यालय खजुराखुर्दले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ६४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । आगालागीका कारण भने थाहा हुन सकेको छैन । शुक्रवार विहान साढे ६ बजेतिर लागेको आगो प्रहरी, स्थानीय र दुई वटा दमकलको सहयोगमा करिब सवा ८ बजेतिर नियन्त्रणमा आएको हो ।


अम्बे स्टिल्सको फ्याक्ट्रि र तेलको डिपोको दुरी करिब १०१५ मिटरको दुरीमा रहेको बताइएको छ । डिपोमा २ लाख लिटर तेल रहेको अम्बे स्टिल्सले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बातानुकुलित ग्राहक प्रतिक्षालय भवनको उदघाटन

१२ फाल्गुन २०७९, शुक्रबार १२:४४
कोहलपुर (बाँके) : नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले गर्मीको बेला सेवाग्राहिको हुने समस्यालाई मध्यनजर गर्दै बातानुकुलित ग्राहक प्रतिक्षालय भवनको उदघाटन गरेको छ । शुक्रबार कोहलपुर बितरण केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हरि प्रसाद पाण्डेले कार्यालय परीसरमा प्रतिक्षालयको उदघाटन गरेका हुन् […]

सम्बन्धित