नेपालगञ्ज महोत्सव भित्र थारु गाउँ पनि हुने

सदरलाइन संवाददाता ८ माघ २०७९, आईतवार १५:४२
 

नेपालगञ्ज : नेपालगञ्जमा हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि सञ्चालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो ।

थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुङगुरको मासु, जाँडको झोल लगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रालिका सञ्चालक हेमन्त चौधरीले बताए ।


थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको चौधरीले बताए । थारु गाउँमा १५ वटा थारु स्टल रहने छ भने थारु गाउँमा प्रवेश गर्न ३० रुपैया टिकट लाग्ने आयोजक सोनारी राप्ती मिडिया प्रालिले जनाएको छ । थारु गाउँमा थारु संग्राहलय समेत रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा पनि दादुराले महामारीको रुप लिँदै

८ माघ २०७९, आईतवार १५:४२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा पनि दादुराले महामारीको रुप लिन थालेको छ । अहिलेसम्म ६ जना बालबालिकामा दादुरा देखिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिए । कोहलपुर नगरपालिकामा गएको पुस २८ गते वडा नं. १४ हवलदारपुरमा दादुराका पहिलो बिरामी फेला परेका थिए । अहिले वडा नं. […]