बाजुरामा अनिश्चितकालीन यातायात बन्द

सदरलाइन संवाददाता ३ पुष २०७९, आईतवार १२:००
 

बाजुरा : अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।


उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो । घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

यातायात बन्द पछि शनिवार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी बाँकेले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

३ पुष २०७९, आईतवार १२:००
नेपालगञ्ज : प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७७ चैत २० गतेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका (चौबिस जना सदस्य र तीन जना पुरानो नविकरण) सदस्यलाई नविकरण गर्नबाट बन्चित गरिएको र लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले […]