अनेरास्वियुले बागेश्वरी क्याम्पसमा बुझायो ध्यानाकर्षण पत्र

सदरलाइन संवाददाता २३ मंसिर २०७९, शुक्रबार १३:४६
 

कोहलपुर (बाँके) : स्वतन्त्र बिद्यार्थी युनियनको २०७३ यता चुनाव नगरेर ४ बर्षदेखि स्वबियुलाई बन्धक बनाएको भन्दै अनेरास्ववियु बागेश्वरी बहुमुखि क्याम्पस कमिटिले मध्यबपश्चिम बिश्वविद्यालयका आंगिक क्याम्पसहरुमा अबिलम्ब स्वबियु चुनाब गर्न भन्दै आबश्यक पहलकदमीका लागि बागेश्वरी बहुमुखि क्याम्पस मार्फत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार कोहलपुर स्थित बागेश्वरी क्याम्पसमा बागेश्वरी बहुमुखी क्याम्पस कमिटी सचिब प्रतिभा पङेनीले ध्यानाकर्षण पत्र बाचन गर्दै क्याम्पस प्रमुख दानबहादुर हमाल समक्ष उक्त ध्यानाकर्षण पत्र पेश गरेका छन् ।

बिद्यार्थीका संस्थागत हकहित रक्षाका लागि काम गर्ने बिद्यार्थीहरुको छाता संगठन स्वबियुको चुनाब नगराएर सम्बन्धित निकायले बिद्यार्थीहरुको अधिकार माथि खेलबाड गरिरहेको भन्दै अनेरास्वबियुका बाँके जिल्ला अध्यक्ष दिनेश रिजालले त्रिभुवन बिश्वबिद्यालयले फाल्गुण १४ गते भित्र स्वबियु चुनाव गर्ने कार्यतालिका सार्बजनिक गरिसकेकाले मध्यपश्चिम बिश्वबिद्यालयले पनि आबश्यक रणनीति अख्तियार गरि स्वबियु चुनाबको कार्यतालिका यथाशिघ्र सार्बजनिक गर्न अपिल गरेका छन् ।


महेन्द्र प्रकाश मल्लद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझदै क्याम्पस प्रमुख दानबहादुर हमालले आफुले आफनो ठाउँबाट सक्दो पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूको वर्चश्व

२३ मंसिर २०७९, शुक्रबार १३:४६
नेपालगञ्ज : आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूले वर्चश्व कायम गरेका छन् । म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र मोहनदेव जोशी तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट […]