किराँत समुदायद्वारा उधौली पर्व मनाईंदै

सदरलाइन संवाददाता २२ मंसिर २०७९, बिहीबार १३:४८
 

नेपालगञ्ज : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाईंदैछ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ,’ किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, यस चाडमा किराँती एकापसमा भेला भएर संगठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ ।

खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।


‘धर्ति तातो हुँदै जाँदा चराचुरुंगी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो, यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो,’ किराँती राई यायोख्खाका अध्यक्ष राईले भने ।

यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्, ‘उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ ।

त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगान समेत गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राविधिक टोलीद्वारा तारा एयरको जहाज मर्मत गरिँदै

२२ मंसिर २०७९, बिहीबार १३:४८
नेपालगञ्ज : बुधवार मध्यान्ह चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट पुगेको छ । सिमिकोट पुगे लगत्तै क्षति पुगेको भागको मर्मत कार्य समेत प्राविधिक टोली शुरु गरेको हो । तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्वु लामाले प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार बिहानै […]