गाउँवस्तीमा पनि लोकप्रिय बन्दै डा. धवलसम्शेर

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १२:३३
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणा गाउँवस्तीमा लोकप्रिय देखिएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् ।

बाँके क्षेत्र नं. २ क प्रदेश क्षेत्रमा पर्ने नेपालगञ्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो बासुदेवपुर, उदयपुर र डुडुवा गाउँपालिकाका ६ वटै वडामा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाको व्यक्तिगत लोकप्रियता बढ्दै गएको नेकपा एमालेका युवा नेता राजेन्द्र कँडेलले बताए ।

उनका अनुसार,यी क्षेत्रमा हुने नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभामा स्वस्फूर्त रुपमा जनताको उपस्थिति ठूलो संख्यामा हुने गरेको छ । वडा नं. १९ बसुदेवपुर र वडा नंं.२० मनिकापुरमा आयोजित संयुक्त चुनावी सभामा वृहत जनसहभागिता रहेको थियो ।

राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।


राप्रपाका केन्द्रीय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ ।

नेकपा एमाले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके २ मा डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश ख मा एमालेका निरकबहादुर गुरुङको पनि लहर बढ्दै गएको छ ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा रहेको मतदाताहरुको भनाई छ । दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेको छ ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरद्वारा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

२८ कार्तिक २०७९, सोमबार १२:३३
नरैनापुर (बाँके) : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाउँपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन पालिकाका सबै वडा तह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । निर्वाचनमा बदर […]