समस्या सुन्दै प्रतिवद्धता जनाउँदै कक्षपति र ओली

सदरलाइन संवाददाता १३ कार्तिक २०७९, आईतवार १३:२९
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओली निरन्तर जनभेटघाटमा छन् ।

उनीहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दा स्थानीयका समस्या सुन्ने र आफुले ५ वर्षमा गर्न सक्ने कामका बारेमा प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । सो क्रममा आज क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ३ को क गाउँ, बि गाउँ र धौलागिरीमा अन्तरक्रिया गर्दैछन् ।

स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु काममा विश्वास गर्ने भन्दै काम गर्नैकै निम्ति जनप्रतिनिधि हुन लागेको बताए । उनले आफ्नो क्षेत्रमा पर्ने १४ वडाका जनतासंग भेटघाट र समस्याहरु ग्रहण गर्दै आइरहेको र प्राथमिकीकरण गर्दै आफु सफल भएपछि समाधान गर्दै जाने बताए । उनले जनताको शीर झुक्ने काम कदापी नगर्ने प्रतिवद्धता जनाए ।


क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार ओलीले क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनमा पाहुना उम्मेदवार आएको भन्दै ती पाहुना मंसिर ४ सम्मका लागि मात्र भएको बताए । उनले भने यही माटोमा लुडीबुडी गरेका संगै सुत्दा उठबस गर्दा लात्ते लागेको होला तर, मर्दाको मलामी जिउँदाको जन्ती हामी हो ।

उम्मेदवार ओलीले आफ्नो प्रतिस्पर्धी २ पटक संघमा परीक्षण भइसकेको र अहिले अपहरण घटनामा आरोप लागेकाले उनी सफाई दिन अदालत जानु पर्ने हुँदा जनताको घरदैलोमा विकास र समस्या बुझ्न आफुहरु नै जाने बताए । आफुलाई जति घोटे पनि दाग ननिस्कने भन्दै उम्मेदवार ओलीले मनैदेखि समर्पण भएर लागेकोले जनताको साथ रहने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरको जग्गा कब्जाप्रति एमालेको आपत्ति

१३ कार्तिक २०७९, आईतवार १३:२९
कोहलपुर (बाँके) : कोहलपुर नगर विकास समितिभित्र गोप्य टेण्डरबाट लिलाम बढाबढमा नियमानुसार प्राप्त गरेका केहि ब्यक्तिका जग्गाहरु भूमाफिया र तिनका नाईकेहरुले हठाथ कब्जा गरि बसेको प्रति नेकपा एमाले नगरकमिटि कोहलपुरले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउदै जग्गा कब्जा गर्ने प्रबृतिप्रति एमालले आपत्ति जनाएको छ । समयमा नै त्यस किसिमका अतिक्रमण हटाई […]