नेपालगञ्जको त्रिभुवन चोकमा गोली चल्यो

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १५:०४
 

नेपालगञ्ज : नेपालगञ्जमा आइतबार मध्यरातमा गोली चलेको छ । नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रामप्रसाद घर्ती मगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए ।


नेपालगञ्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रहरी प्रवक्ता घर्ती मगरले जानकारी दिएका छन् । उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

चाडपर्वका बेला मध्यरातमा सधैं सुरक्षा घेरामा रहने नेपालगञ्जको त्रिभुवन चोकमै गोली चल्नुले नेपालगञ्जको शान्ति सुरक्षा नाजुक रहेको नेपालगञ्जबासीको दावी छ । प्रहरीले सुरक्षा व्यवस्थामा संवेदनशील नभएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादी युवा संघ बाँकेका अध्यक्ष एमालेमा फर्किए

७ कार्तिक २०७९, सोमबार १५:०४
खजुरा (बाँके) : एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ, बाँकेका अध्यक्षसहित ३ जना युवा एमालेमा फर्किएका छन् । एमालेको नीति विचार र व्यवहार नै आफ्ना लागि उपयुक्त भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् । युवा संघका अध्यक्ष सुनिल रसाइली, एकीकृत समाजवादीका जिल्ला सदस्य तथा युवा नेता […]