बर्दियामा बाढीले करीब पाँचसय बिघाको धान बालीमा क्षति

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार १३:३६
 

बर्दिया : बर्दियामा बाढीले ४९४ बिघाको धान बालीमा क्षति पुर्याएको छ । पाक्नै लागेको धानमा क्ष्ािी पुगेपछि किसान चिन्तित भएका छन् ।

गुलरिया नगरपालिका–११ इन्द्रपुरका शौखत अली गद्दी बबईमा आएको बाढीले पाक्न लागेको धान डुबाएपछि चिन्तित छन् । वर्ष दिनलाई जोहो गरेर राख्ने र केही बिक्री गरेर घर खर्च टार्ने उनको सोच थियो । ‘मल र ज्यालासमेत खेर गयो,’ उनले भने–‘अब धान किनेर खानुपर्ने भयो ।’ स्थानीय शाहदात गद्दीले विगतमा बाढीपीडितलाई आफूले खाद्यान्न सहयोग गर्दै आएकामा अहिले आफैं पीडित बनेको बताए ।

गुलरिया–४ की लक्ष्मी वलीको ४ बिघा खेतमा पाक्न लागेको धान बालीमा क्षति भएको छ । बाढीले २०७१ र २०७४ मा पनि यस्तै अवस्था भोगेको उनले सुनाइन् ।


एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बुधबारदेखि धान बाली क्षतिको लगत लिन थालेको बताए । गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ बिघा धान बालीमा क्षति पुगेको उनले जानकारी दिए ।

जसअनुसार ३ सय ९ बिघामा लगाइएको धान बाली पूर्ण क्षति भएको छ भने १ सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय

२९ आश्विन २०७९, शनिबार १३:३६
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना […]