पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा

सदरलाइन संवाददाता २ आश्विन २०७९, आईतवार १६:१४
 

नेपालगञ्ज : पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गरेका छन् ।

तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ ।


शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् । शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् ।

घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई नजिकै सुरक्षित ठाउँमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनका अनुसार राहत र बसोबास व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग गरिएको छ ।

अहिले पालिकाले विपद् कोषबाट आवश्यक व्यवस्थापन मिलाएका छन् । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई राहत पालिकाबाट उपलब्ध गराउन भनेको छ । पहिरोले ग्रामीण सडक बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघ्यो

२ आश्विन २०७९, आईतवार १६:१४
नेपालगञ्ज : दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा डेंगी रोग संक्रमितको संख्या ९९४ पुगेको हो । जसअनुसार घोराही उपमहानगरपालिकामा ७९१ जना, तुलसीपुरमा १७३ जना, लमहीमा २३ जना, गढवामा ४ जना र राप्ती गाउँपालिकामा ३ जना गरी ९९४ जनामा डेंगी रोगको […]