स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को जन्मजयन्तीमा माल्यार्पण

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १३:४२
 

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को सोमवार ९४ औं जन्मजयन्ती । जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गर्दै योगदानबारे चर्चा गरिएको छ ।

नेपाल प्रेस युनियन बाँकेको कार्यालय नेपालगञ्जमा सोमवार बिहान स्वर्गिय गुप्ताको फोटोमा माल्यार्पन गरिएको हो ।


युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पुर्बमेयर एवम पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, प्रेस युनियन बाँकेका पुर्बअध्यक्ष तथा सल्लाहकार नरेन्द्र थापा, पत्रकार महासंघका प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, पुर्बअध्यक्ष निरज गौतम, वरिष्ठ पत्रकार विजय वर्मा लगायतले स्वर्गिय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्र प्राप्ति र समाजमा पनि उत्तिकै योगदान दिएको बताए ।

गुप्ताको योगदानको कदर स्वरुप जीवन कालमा मानसम्माान दिइएको र अहिले भौतिक शरीर नरहेपनि उहाँको सादगी जीवन शैली, निष्ठा, लोकतन्त्रप्रतिको चट्टानी अडान अहिले पनि सान्दर्भिक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फरार प्रतिवादी पक्राउ

२७ भाद्र २०७९, सोमबार १३:४२
नेपालगञ्ज : बाँके प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ का ५० वर्षीय बखत यादवलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । यादवलाई लागु औषध मुद्दामा गएको फागुन २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै १५ वर्ष ९ महिना कैद र ५० हजार जरिवाना गरेको थियो […]