दाङमा चट्याङ लागेर मृत्यु भएका दुबै जनाको परिचय खुल्यो

सदरलाइन संवाददाता १५ भाद्र २०७९, बुधबार १३:१४
 

दाङ : दाङको घोराही उपमहानरपालिका – १२ गुरउ गाउँमा चट्याङ लागेर मृत्यु भएको दुई जनाको परिचय खुलेको छ । मंगलवार राती ११ बजे चट्याङ लागेर सोही ठाउँकी १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुइ जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।


तिजको बेला महिलाहरु साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार भाद्र शुक्ल चतुर्थी, भगवान् गणेशको जन्मदिन

१५ भाद्र २०७९, बुधबार १३:१४
नेपालगञ्ज : भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पर्व । भगवान् गणेशको जन्मदिनको रूपमा यो दिनको महत्त्व छ । शिव र पार्वतीका पुत्र गणेशलाई विघ्ननाशक देवताका रूपमा पुजिन्छ । सनातन धर्मावलम्बीका सबै मांगलिक कार्यको सुरुआतमा गणेशको पूजा गर्ने परम्परा छ । सबै देवताका प्रिय, भक्तजनको थोरै प्रयासमा खुशी हुने र […]