श्रेस्ता कायम नहुँदा बाँकेका भूमिहीनहरु विखलबन्दमा

यदुराज मिश्र १५ भाद्र २०७९, बुधबार १२:५२
 

नेपालगञ्ज : जग्गाको श्रेस्ता कायम नहुँदा बाँकेका भूमिहीनहरु विखलबन्दमा परेका छन् । सरकार परिवर्तनसँगै फेरिने भूमि आयोगले समेत पीडितहरुको सवालमा काम गर्न नसेकेको उनीहरु दुःखेसो सुनाउँछन् ।

कोहलपुर नगरपालिका ९ का गोपाल प्रसाल खनालको हातमा लालपूर्जा छ । तर मालपोत कार्यालयमा श्रेष्ता कायम हुन सकेको छैन । २०६७ सालमा लालपूर्जा पाएपनि श्रेष्ता कायम नहुँदा खनाल मालपोत कार्यालय र भूमि आयोगको कार्यालयमा धाउन थालेको एक दशक बढी भइसकेको छ ।

चेत बहादुर वलीको पीडा पनि उस्तै छ । कोहलपुर नगरपालिका वडा नम्वर ८ का वलीले ६७ सालमा लालपूर्जा पाउनुभयो । तर मालपोत कार्यालयले श्रेष्ता कायम गरेको छैन । जस्का कारण उहाँले राजश्व बुझाएपनि जग्गा आफ्नो हुन सकेको छैन ।


खनाल र वलीमात्र होइन अधिकांश भूमिहीनहरुको पीडा यस्तै छ । भूमि आयोगहरुले दिएका लालपूर्जाहरु मालपोत कार्यालयले श्रेष्ता कायम नगरिदिदा उनीहरु विखलबन्दमा परेका छन् ।

भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले भने विगतका आयोगहरुले गरेका कामहरुको फेरिहस्ता भेट्न मुश्किल परेको बताउँछन् । लालपूर्जा भएपनि मालपोतमा श्रेष्ता कायम नभएको भेटिएको उनको भनाइ छ । यो आयोग शक्तिशाली भएकाले आसन्न चुनाव अगाडि नै भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा दिने तयारीमा आफु रहेको उनले बताए ।

सरकार परिवर्तनसँगै फेरबदल भइरहने आयोगप्रति नागरिकहरु विश्वस्त छैनन । आयोग बन्ने, फारम भर्न लगाउने तर काम नगर्ने प्रवृत्तिका कारण पीडितहरु यस्ता आयोगबाट न्याय पाउनेमा भने आश्वस्त हुन सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकको मृत्यु

१५ भाद्र २०७९, बुधबार १२:५२
सुर्खेत : सुर्खेतमा तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । झडपमा ढुंगा प्रहारबाट मंगलवार राती २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो । प्रहरीका अनुसार, कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा […]

सम्बन्धित