सल्यानबाट बाघ नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज ल्याइयो

सदरलाइन संवाददाता १ भाद्र २०७९, बुधबार १४:५०
 

नेपालगञ्ज : सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान पाटेबाघ नियन्त्रणमा लिएको हो ।

कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका गोरु बाघले मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधेका दुइटा गोरु मारेको प्रहरीले जनाएको छ । घुइँबारी प्रहरी चौकीका अनुसार बाघको आक्रमणबाट एउटा गोरु घाइते भएको छ ।


बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली पनि सल्यान पुगेको थियो । गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको बेला बाघ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघलाई बुधबारनै बाँके राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा हात्तीपाईले बिरुद्धको आमऔषधि सेवन चुनौती बन्दै

१ भाद्र २०७९, बुधबार १४:५०
नेपालगञ्ज :  निरन्तर १२ वर्षदेखि हात्तीपाईले बिरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिदा पनि नेपालगञ्ज उप–महानगरपालिका भित्र हात्तीपाईले रोगको अवस्था भयावह अवस्थामा पुगेको पाईएको छ । उपमहानगरको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको हात्तीपाईले तथा आमऔषधि सेवन सम्बन्धी लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले सो अवस्थाको […]

सम्बन्धित