जंगली च्याउ खाँदा सल्यानमा आठ जना बिरामी

सदरलाइन संवाददाता २१ श्रावण २०७९, शनिबार १३:३२
 

सल्यान : सल्यानको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन् ।


यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन् । शुक्रबार साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए । चार वर्षीया जोशनाको अवस्था गम्भीर छ ।

अन्य बिरामीको अवस्था सामान्य भने रहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि शुक्रवार रातीनै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुन्छ : उपाध्यक्ष नेम्वाङ

२१ श्रावण २०७९, शनिबार १३:३२
दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्बाङले भने, ‘सरकारले निर्वाचनको मिति तोकेको छ, यो स्वागत योग्य छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल […]

सम्बन्धित