बाघ दिवसका अवसरमा बाँकेमा अन्तरक्रिया

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १४:३८
 

कोहलपुर (बाँके) : अन्तर्राष्ट्रिय वाघ संरक्षण दिवसका अवसरमा बाँकेको ढकेरीस्थित बाँके राष्ट्रिय निकुञ्जले अन्तक्रिया तथा छलफल कार्यकम गरेको छ ।

स्थानिय प्राकृतिक स्रोत र साधनहरुको संरक्षण तथा उपभोगका लागि छलफलमा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सामूदायिक बनका उपभोक्ता समितिका पदाधिकारीहरु, उपभोक्ताहरु, निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

छलफलमा बाँकेमा विगत ४ बर्षमा ३ वटा बाघको संख्या वृद्धि भएर २५ वटा पुगेको जनाउदै बाघ र समुदाय वीच बेलाबखतमा द्वन्द्व सृजना हुने गरेकोमा त्यसलाई निकुन्जले ब्यवस्थापनमा विशेष सजगता अपनाउनु पर्ने सहभागीहरुले आवाज उठाए थिए ।


विगत ४ बर्ष यता सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८ बर्दियामा १२५ पर्सामा ४१ शुक्लाफाँटामा ३६ र बाँके निकुञ्जमा २५ गरी नेपालमा सन २०२२ सम्म ३५५ वटा पुगेको जानकार दिइएको छ ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, तराई भुपरिधि कार्यक्रमका संयोजक कमल राज राई, बाँके निकुञ्ज मध्यवर्ती सामुदायिक वनका तर्फबाट हर्क बिष्ट, चोरी शिकारी नियन्त्रण समितिका तर्फबाट तारा केसी एवं पत्रकारको तर्फबाट गोपी बुढाले शुभकामना ब्यक्त गरेका थिए ।

बाघ संरक्षण अन्तरक्रिया कार्यक्रम बाँके निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष साबित्रा पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बीमाको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या

१३ श्रावण २०७९, शुक्रबार १४:३८
नेपालगञ्ज : बाँकेमा ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित […]