बाँके निकुञ्जका ४० वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १३:४९
 

नेपालगञ्ज : एक बर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७८–०७९ मा विभिन्न कारणले ५१ बन्यजन्तुको मृत्यु भएकोमा ४० बन्यजन्तुको सडक दुर्घटनामा परि मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।

उनले पाँच वटा चित्तलले सडक दुर्घटनामा ज्यान गुमाएको बताए । सवारी साधनले किचेर १० वटा बाँदर, सात बँदेल, चार रतुवा र तीन चरि बाघको मत्यु भएको जानकारी दिए । ‘अधिकांश बाँदरको सडक दुर्घटनामा परि ज्यान गएको छ,’ उनले भने ।

गत आवमा ४३ बन्यजन्तुको उद्धार गरि पुनस्र्थापना गरिएको थापाले बताए । उनले एक बर्षमा १३ वटा चित्तलको उद्धार गरि निकुञ्ज क्षेत्रमा पुनस्र्थापना गरिएको जानकारी दिए ।


बाँके राष्ट्रिय निकुञ्जका अनुसार एक बर्षमा १३ वटा अजिंगर सर्पको उद्धार गरिएको छ । ‘उद्धार गरि पुनस्र्थापना गरिएका अजिंगर सर्पमध्ये ११ वटा बयस्क छन्,’ उनले भने, ‘निकुञ्जभन्दा बाहिर आएका सर्प र अन्य जनावरको उद्धार गरि निकुञ्ज क्षेत्रभित्र पुनस्र्थापना गरिन्छ ।’

उनले सात वटा अन्य प्रजातीका सर्पको पनि उद्धार गरि निकुञ्जमा छोडेको बताए । गोमन, धामन, करेत लगायत जातका सर्पको उद्धार गरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्मला हत्याकाण्डको चार वर्ष पुरा, घटना अझै रहस्मय

१० श्रावण २०७९, मंगलवार १३:४९
नेपालगञ्ज : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए । अहिले पनि त्यस क्षेत्रका १८÷१९ जनालाई नियन्त्रणमा […]