दाङमा चोरीको मोटरसाइकल खोजीमा विशेष अप्रेशन

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १५:२५
 

दाङ : दाङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजीमा विशेष अप्रेशन थालेको छ । मोटरसाइकल चोरीको घटना धेरै हुने थालेपछि प्रहरीले विशेष अप्रेशन थालेको हो । जुन अप्रेसनले सफलता पाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।

विशेष अप्रेसनले चोरी भएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ पनि गरेको छ । दाङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको छ ।


मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा रोल्पा रुन्टिगढी गाउँपालिका–९ घर भइ हाल घोराही उपमहानगरपालिका–१४ निवासी ३० बर्षीय भानुभक्त बाठा, तुलसीपुर उपमहानगरपालिका–१९ घर भइ हाल घोराही–११ निवासी २१ बर्षीय मदन पुन र तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १८ बर्षीय बादल नेपाली पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण कम्पनीको लापरवाहीले कोहलपुरबासीलाई समस्या

६ श्रावण २०७९, शुक्रबार १५:२५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा समयमै विकासको आयोजना सम्पन्न नहुँदा स्थानीयलाई समस्या परेको छ । बाँकेको कोहलपुरमा ठेक्का पाएको निर्माण कम्पनीले लापरवाहीका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम पुरा हुन सकेको छैन । जसका कारण दैनिक स्थानीयले सास्थी भोग्दै आएका छन् । नाला समयमै निर्माण […]