सडक दुर्घटनामा परी दाङमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १५:००
 

नेपालगञ्ज : दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सौडियारबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै ९ बजेतिर घोराही ७ बेसाई नजिक दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।


मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवँर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवनबाट वेवारिसे काठ बरामद

१७ असार २०७९, शुक्रबार १५:००
बर्दिया : प्रहरी चौकी ताराताल बर्दियाबाट खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । प्रहरीले बिहिबार गस्ती गर्ने क्रममा मधुवन नगरपालिका ७ स्थित वेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको हो । प्रहरीका अनुसार, उक्त स्थानबाट २५ क्यूफिट सालको गोलिया र चिरान काठ बरामद गरेको हो । बरामदका […]