बाँकेमा चोरी मुद्दामा फरार कुसबन्दिया पक्राउ

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १३:३८
 

नेपालगञ्ज : बाँके प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२३ बस्ने २२ वर्षीय छोटे भन्ने भगवान कुसबन्दिया रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।


बाँके जिल्ला अदालतले कुसबन्दिया माथि चोरी मुद्दामा ३ महिना १० दिन कैद र १० हजार जरिवाना तोकेको थियो । त्यसपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मातृ मृत्युदर कहाली लाग्दो

३१ जेष्ठ २०७९, मंगलवार १३:३८
नेपालगञ्ज : बाँकेमा मातृ मृत्युदर कहाली लाग्दो देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै आमाको मृत्यु भएको छ । त्यसमा पनि सुत्केरीपछि मृत्यु हुनेको संख्या ७२ प्रतिशत रहेको छ । सबैभन्दा धेरै मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समुहका आमा छन् । […]