स्थापना दिवशमा सेतोखरी मिडियाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार ११:५६
 

नेपालगञ्ज :  नेपालगञ्जमा सञ्चालनमा रहेको सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापनाको तेस्रोे वर्ष प्रवेशको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ ।

स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा कमलसुमन फाउन्डेशनसंगको सहकार्य र केही शुभचिन्तहरूको सहयोगमा प्रालिले नेपालगञ्ज–४ का अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै विद्यालय पोशाख वितरण गरेको हो ।

प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपाने, वडा नम्बर चारका समाजसेवी टेकबहादुर केसी, एमाले बाँकेका उपाध्यक्ष तथा रेडियो हातेमालोका सन्चालक डिल्ली विसी वडा नम्बर चारका नागरिक अगुवा नन्दा चन्द लगायतको सहभािगतामा सो सामाग्री वितरण गरिएको हो ।


प्रालिको बैठकले यस बर्ष विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेपछि सम्मानको साटो शैक्षिक समाग्री प्रदान गरिएको जनाईएको छ । गत बर्ष प्रालिले खोजमुलक पत्रकारिता गरे वापत पत्रकार जावेद अन्सारीलाई नगद रकमसहित सम्मान गरेको थियो ।

प्रालिले ‘ईसेतोखरी डटकम अनलाइन र सेतोखरी दैनिक’ पत्रिका, सेतोखरी विज्ञापन एजेन्सी, सेतोखरी समाचार एजेन्सी पनि सन्चालनमा ल्याएको जनाएको छ । प्रालि अन्तर्गतकै कमलसुमन फाउन्डेशन विगत दुई वर्षदेखि विविध सामािजक काममा सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउछ

१२ जेष्ठ २०७९, बिहीबार ११:५६
नेपालगञ्ज : गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउनेलाई गुगलको नयाँ अपडेट सिस्टम सञ्चालनमा ल्याएको छ । गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउने क्रममा निजी जानकारीहरू लिक भए भने गुगलले त्यस विषयमा प्रयोगकर्तालाई सचेत गराउने छ । यसका लागि गुगलले पासवर्ड चेकअप टूलको सहयोग लिनेछ । अलर्टका रुपमा गुगल असिस्टेन्ट प्रयोगकर्तालाई पासवर्ड परिवर्तन […]