स्मृतिका जरा खोज्दै सापकोटा

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार १३:४४
 

काठमाडौँ :  पत्रकार सनत सापकोटाले आफ्नो पहिलो कृति ‘जरा’ सार्वजनिक गरेका छन् । ‘जरा’ सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह हो । बाल्यकालीन स्मृति कथाहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन् ।

विधागत रूपमा सापकोटाले यस संग्रहलाई ‘कथास्मरण’को संज्ञा दिएका छन् । विशेषगरी संस्मरणात्मक आलेखहरूलाई निबन्ध विधाअन्तर्गत राखिने प्रचलन भए पनि उनले आफ्ना रचनालाई कथास्मरण भनेका छन् ।’१७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ ।


हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कृति प्रकाशन गरेको छ । प्रायः सबैको बाल्यकालसँग मेल खाने उनका ‘कथास्मरण’ले पाठकलाई पनि आ–आफ्ना बाल्यकालीन स्मृतिहरूसम्म पु¥याउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो

२३ बैशाख २०७९, शुक्रबार १३:४४
जानकी : जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो कार्यक्रम सक्रियतापूर्वक भई रहेको छ । जानकी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवले जनताका समस्यालाई सम्बोधन गर्दै सक्रियतापूर्वक घरदैलो कार्यक्रम गरिरहेका छन् । बिहीबार कांग्रेस उम्मेदवारले वडा नम्बर २ मा व्यापक प्रचार प्रसार […]