लागूऔषधसहित जुम्लामा २ जना प्रहरीको फन्दामा

सदरलाइन संवाददाता ३० चैत्र २०७८, बुधबार १५:१६
 

नेपालगञ्ज : जुम्ला प्रहरीले लागूऔषध चरेशसहति दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका तातोपानी गाउँपालिका–५ का अन्दाजी १९ वर्षीय टेकेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–५ राजासिम तिला नदी तर्फ जाने सडक खण्डमा संकास्पद रुपमा हिडडुल गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध (चरेश) जस्तो देखिने ०.५२० मिलिग्राम फेला पारेको जनाएको छ ।


उनलाई सोधपुछ गर्दा तिला गाउँपालिका–७ घर भई राजासिम स्थित किराना पसल गरेका ३१ वर्षीय हरिबहादुर रोकायाको पसलबाट ल्याएको भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।

साथै, हरिबहादुर रोकायाको पसलमा प्रहरी टोली खटिएका रितपुर्वक खानतलासी गर्दा लागूऔषध (चरेश) जस्तो देखिने पदार्थ १५ ग्राम ५०० मिलिग्राम बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार साँझ नेपालगञ्जमा कमेडियन सो हुने

३० चैत्र २०७८, बुधबार १५:१६
नेपालगञ्ज : नेपालगञ्जमा कमेडियन सो हुन लागेको छ । नयाँ बर्ष २०७९ को अवसरमा स्वागतका लागि कमेडिन सो गर्न लागेको आयोजक संस्था ड्रिन एभेन्टोका मोहम्मद रफिले बताए । कमेडियन सो बुधवार साँझा ६ बजेबाट ९ बजेसम्म नेपालगञ्जको डिएसपी रोडमा रहेको मजेष्टिक पार्टी प्यालेसमा हुने रफिले बताए । कार्यक्रममा हस्यव्यंग्य कलाकारहरुको […]

सम्बन्धित