नेपालगञ्जबाट ७ लाखसहित १२ जुवाडे पक्राउ

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार १४:४५
 

नेपालगञ्ज : नेपालगञ्जबाट झन्डै सात लाख रकमसहित १२ जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गएराती नेपालगञ्जस्थित होटेल सिटी प्यालेजबाट ६ लाख ९४ हजार पाँच सय बढी रकमसहित १२ जुवाडेलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा नेपालगञ्ज र कैलालीका जुवाडेहरु रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जाकनारी दिए । उनका अनुसार पक्राउ परेका सबै चिरपरिचित जुवाडे हुन् ।

जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन न्तर्गत मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया शुरु भइसकेको छ । पक्राउ परेकाहरुलाई आइतवार अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा बाघले बाख्रा मार्यो, अझै त्रास कायमै

२२ फाल्गुन २०७८, आईतवार १४:४५
नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका सामुदायिक वन क्षेत्रमा अझै पनि बाघको खतरा टरेको छैन । शनिबार राप्ती सोनारी गाउँपालिका ५ स्थित सामुदायिक वनमा बाघले बाख्रा मारेपछि फेरि पनि त्रास बढेको छ । केही दिनअघि मान्छे मार्ने बाघलाई बाँके राष्ट्यि निकुन्जको पहलमा नियन्त्रणमा लिएपछि त्रास हट्ने बिश्वास गरिएको थियो । त्यसयता […]