बाँकेमा मातृ मृत्युदरको संख्या विकराल

सदरलाइन संवाददाता २० फाल्गुन २०७८, शुक्रबार १७:०८
 

नेपालगञ्ज : बाँकेमा मातृ मृत्युदरको संख्या विकराल देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गएको वर्षमा बाँकेमा ४७ जना आमाले ज्यान गुमाएका छन् ।

तीमध्ये बाँकेका जिल्लाका मात्रै २५ जना छन् । अन्य २२ जना आमाको मृत्यु पनि बाँकेमै भएकाले त्यो संख्या पनि स्वास्थ्य कार्यालय बाँकेमै जोडिएको पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिइन् ।


आर्थिक वर्ष ०७७/७८ मा बाँकेको डुडुवा गाउँपालिकाका ७ जना, नरैनापुर र जानकी गाउँपालिकाका ५/५ जना, नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका ३/३ जना र खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जनागरी २५ जना आमाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १६ जना आमाले मृत्युवरण गरेका छन् । समयमै अस्पताल नपुग्नु, घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्रावलगायतका कारणले आमाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेलाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी

२० फाल्गुन २०७८, शुक्रबार १७:०८
नेपालगञ्ज : बाँकेमा करिव ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ । नरैनापुर गाउँपालिकाबाहेक अन्य सबै पालिकामा विद्युत सेवा पुगेको छ । बाँकेका ५६ हजार ८ सय ९६ घरधुरीले विद्युत जडान गरिएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच भएपछि जिल्लालाई पूर्ण विद्युतिकरण […]