लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने

सदरलाइन संवाददाता १५ माघ २०७८, शनिबार १३:१०
 

नेपालगन्ज : लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो ।

तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अर्थले बजेट नदिएको भन्दै दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको थियो ।


अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु भएको प्राधिकरणले जनाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कक्ष, मर्यादा पालकका कोठा गरी १४ वटा कोठाहरू रहनेछन् ।

कुल पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेश सभा भवनको काम महिना दिनभित्र सक्ने योजना प्राधिकरणको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको घोराहीमा एक जनाको शव भेटियो

१५ माघ २०७८, शनिबार १३:१०
नेपालगञ्ज : दाङको घोराहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी शनिवार विहान साढे ६ बजे नवलपुर स्थित सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको प्रांगनमा मृत अस्थामा फेला परेका थिए […]