बाँकेमा आइतवार ७६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ९ माघ २०७८, आईतवार १५:१२
 

नेपालगञ्ज : बाँकेमा आइतवार पनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १ सय १३ जनाको पीसीआर परीक्षण भएकोमा ७६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

मेडिकल कलेज कोहलपुरमा ४९ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्याबमा ६४ नमुना परीक्षण गर्दा ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६३ जना छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार १ सय २८ पुगेको छ ।

यस्तै आइतवार थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय ६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सिटामोललगायत औषधिको अभाव

९ माघ २०७८, आईतवार १५:१२
नेपालगञ्ज : बाँकेमा सिटामोललगायत औषधि अभाव हुन थालेको छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य भारतमा बढेकाले बाँकेमा उत्पादन घट्दा अभाव देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारले कच्चा पदार्थमा सहुलियत नदिए सिटामोलको अभाव अझै चर्किने उनीहरूको दाबी छ । नेपालमा सिटामोल एउटा ट्याबलेट ८० पैसामा बिक्री हुन्छ […]