बढी शुल्क लिने बाँकेका मेडिकल कलेजमाथि कारबाही हुने

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १५:५९
 

नेपालगञ्ज : बढी शुल्क लिने बाँकेका मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहमन्त्रालयले बाँके प्रशासनलाई निर्देशन दिएको छ ।

बढी शुल्क लिएको विषयमा विद्यार्थीहरु आन्दोलन गर्दै आएकोमा उक्त विषय छानबिन गर्न र तोकिए भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउने भन्दै निर्देशन दिइएको हो ।


चिकित्सा शिक्षा आयोगले तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयले बाँकेसहित १२ वटा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू

१८ पुष २०७८, आईतवार १५:५९
बर्दिया : जंगली हात्तिको आक्रमणबाट बर्दियमा महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जनाकारी अनुसार बर्दिया राजापुर नगरपालिका–९ की बर्ष ५४ की भुसिया थारुको मृत्यु भएको हो । उनको घर नजिकैको दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीको […]