सिटिइभिटीले बाँकेका दुईवटा कलेजलाई दियो अनुमति

सदरलाइन संवाददाता ८ मंसिर २०७८, बुधबार १५:२०
 

नेपालगञ्ज : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि बाँकेका दुईवटा कलेजलाई अनुमति दिएको छ ।

देशभर ४५ वटा कलेजलाई अनुमति दिएको परिषदले बाँकेका दुईवटा कलेजलाई पनि प्रमाणपत्र तह नर्सिङका लागि अनुमति दिएको हो ।

नेपालगञ्जको वेष्टर्न हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुरले अनुमति पाएका हुन् । सिटिइभिटीले यी कलेजहरुलाई विद्यार्थी भर्नाका लागि ४० सिट समेत तोकेको छ ।


विद्यार्थी भर्नाका लागि सिट र कलेजलाई अनुमति दिएसँगै सिटिइभिटीले विद्यार्थी भर्न खुला गरेको छ । सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ ।

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्री हडियाबाबा आश्रममा श्रीकृष्ण लीला मञ्चन हुँदै

८ मंसिर २०७८, बुधबार १५:२०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका भित्र रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल श्री श्री १००८ हडियाबाबा आश्रममा प्रत्येक वर्ष झैं यसवर्ष पनि भब्य रुपमा मेला आयोजना गरिएको छ । प्रत्येक वर्ष झै मंसिर ५ गते अर्थात मार्ग कृष्णपक्ष द्वितीय र तृतीयको शुभ अवसरमा शुभारम्भ भएको धार्मिक मेला श्री हडियाबाबा आश्रममा आयोध्यबाट आएको […]