प्युठानमा झडप, दुई प्रहरीसहित सातजना घाइते

सदरलाइन संवाददाता ८ मंसिर २०७८, बुधबार १२:५७
 

नेपालगञ्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगामुडा तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर गरिएको हो । झडपका क्रममा एक जना नेपाली प्रहरी र एक जना सशस्त्र प्रहरीसहित सातजना घाइते भएको प्रहरीले जनाएको छ ।


प्रहरी जवान गोपाल जिसी र चन्द्रबहादुर गाह घाइते छन् । यस्तै कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय कमल घर्ती, नौ बहिनी ६ का २६ वर्षीय कुँवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका–७ का खेमराज पण्डित झडपमा परी घाइते भएका छन् ।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षधर शिव रिजाल र संस्थापनइतर पक्षधर विष्णुकुमार गिरी निर्वचानमा उत्रिएका थिए । मतगणनाको क्रममा संस्थापनइतर पक्षधर गिरीले अग्रता लिएका थिए । यही क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद चर्किएको थियो । संस्थापन पक्षधर रिजालका ब्यक्तिले ढुंगामुढा सुरु गरेपछि विवाद शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिटिइभिटीले बाँकेका दुईवटा कलेजलाई दियो अनुमति

८ मंसिर २०७८, बुधबार १२:५७
नेपालगञ्ज : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि बाँकेका दुईवटा कलेजलाई अनुमति दिएको छ । देशभर ४५ वटा कलेजलाई अनुमति दिएको परिषदले बाँकेका दुईवटा कलेजलाई पनि प्रमाणपत्र तह नर्सिङका लागि अनुमति दिएको हो । नेपालगञ्जको वेष्टर्न हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुरले […]

सम्बन्धित