बाँकेमा बिहीवार ३ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता २ मंसिर २०७८, बिहीबार १३:११
 

नेपालगञ्ज : बाँकेमा बिहीवार ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ वटा नमुना जाँच्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २४ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भयो । बागेश्वरी प्रयोगशालामा ७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएका तीनै जना जिल्ला बाहिरका हुन् । यस्तै बिहीवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा डोजर पल्टिँदा चालकको मृत्यु

२ मंसिर २०७८, बिहीबार १३:११
दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । बिहीवार बिहान करिब ४ बजेतिर डोजर पल्टिएको थियो । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । सोही क्रममा सहचालक बर्दियाको […]