बीमा कम्पनीका नामममा कारण देखाउ आदेश जारी

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार १७:३४
 

नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कोरोना बीमा भुक्तानी नदिने इन्श्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । न्यायधीश ध्रुवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगञ्जका २० वीमा इन्स्योरेन्स कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो ।

कोरोना वीमा गरेका कम्पनीहरुले विमितलाई वीमा भुक्तानी नगरेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा हिंजो रिट दायर भएको थियो । सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका अभिवक्ता तथा मानवअधिकारकर्मीहरुले रिट दायर गरेका हुन् ।


उक्त रिटको सुनुवाई गर्दै वीमा कम्पनीहरुलाई वीमा भुक्तानी नगर्नुको कारण खुलाउन आदेश दिइएको हो । वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोकेका थिए ।

तर अहिलेसम्म पनि उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिटमा वीमा कम्पनीहरुले सम्झौता गरेअनुसारको कोरोना वीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गर्दै सम्झौता अनुसार रकम भुक्तानी गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेनदेन मुद्दामा फरार महिला पक्राउ

१६ कार्तिक २०७८, मंगलवार १७:३४
नेपालगञ्ज : बाँकेमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दामा फरार रहेकी नेपालगञ्ज ७ बस्ने ५५ वर्षीया दिपाली श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । २०७७ माघ २३ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिएकी ती महिला हालसम्म फरार रहेकोले पक्राउ गरी मंगलवार जिल्ला अदालतमा बुझाइएको प्रहरीले […]