११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत

सदरलाइन संवाददाता १५ कार्तिक २०७८, सोमबार १४:०७
 

नेपालगञ्ज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।

यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ । तिहारको मुख्य दिन भाइटीकामा दाजुभाई दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ । यस दिन दाजुभाई दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन् ।


टीका लगाइ दिइसकेपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फरार दुईजना प्रतिवादी पक्राउ

१५ कार्तिक २०७८, सोमबार १४:०७
नेपालगञ्ज : बाँकेमा फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादी खजृुरा गाउँपालिका–३ मनकामनाका २३ वर्षका सुमन विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विश्वकर्मालाई २०७६ मंसिर ३ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ५ महिना ६ दिन कैद सजाय सुनाएको थियो । […]