मेडिकल कलेज कोहलपुरमा सुत्केरीको मृत्युपछि आफन्तले शव बुझ्न मानेनन

सदरलाइन संवाददाता १ कार्तिक २०७८, सोमबार १३:३४
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कैलाली, गौरीगंगा–९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर दुई दिनअघि पेटबाट जुम्ल्याहा बच्चा निकालिएको थियो ।

शल्यक्रियापश्चात सामान्य अवस्थामा रहेकी उनी एक्कासी बेहोस भएकी थिइन् । सामान्य अवस्थाकी सुत्केरी एक्कासी बेहास भएको र चिकित्सकको लापरबाहीकै कारण मृत्यु हुन पुगेको भन्दै शव नबुझ्ने मृतकका जेठाजु रमेशबहादुर धामीले बताए ।

डाक्टरसँगको सल्लाह, परामर्शअनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो । रमेशका अनुसार अप्रेशनपश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् । आफूहरूले अस्पताल डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र हेलिकप्टरबाट भए पनि कमलालाई काठमाडौंको अस्पतालमा लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको उनको आरोप छ ।


आइसियुमा भर्ना भएकी बुहारीको होस नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफूहरूलाई अस्पतालले जानकारी नदिएको रमेशले बताए । यसको छानविन नहुँदासम्म आफुहरुले शव नबुझ्ने रमेशले बताए । अस्पतालले अटेरी गरेमा आफूहरू कानुनी प्रक्रियामा समेत जान बाध्य हुने उनको चेतावनी छ ।

सुत्केरीलाई आइसियुमा भर्ना गरेको दुई दिनभन्दा बढी समय भइसक्दा पनि अस्पतालले मृत्युबारे लिखित रूपमा जानकारी दिन नसकेको र अहिले पनि कृत्रिम श्वास दिइरहेको आफन्तले बताएका छन् । तर, डाक्टर स्वयंले मृत्यु भइसक्यो भन्ने जवाफ दिइसकेको रमेशले सुनाए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफूले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार १२ संक्रमित थपिए, ९ डिस्चार्ज

१ कार्तिक २०७८, सोमबार १३:३४
नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११५ नमुना परीक्षण गर्दा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा ४७ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी […]

सम्बन्धित