विराटनगर : उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ । ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार उच्च अदालत गेटैमा खुकुरी प्रहार भएको हो ।
लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
खुकुरी प्रहार गरिएका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।