भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी प्रहरी जवान घाइते

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १३:१३
 

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमवार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सातआठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए ।


“भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ”, उनले भने, “तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।” घटना राति १०ः३० बजे भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवारदेखि सोह्र श्राद्ध शुरु

५ आश्विन २०७८, मंगलवार १३:१३
नेपालगञ्ज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलवारदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष […]