खजुराका विपन्न र जोखिममा रहेका २७ बालबालिकाका परिवारलाई खाद्यान्न वितरण

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १५:२८
 


खजुरा (बाँके)  :  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको ‘रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना’ (प्राटेक्ट) अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका बिपन्न, पीडित, प्रभावित र अति जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

गाउँपालिकाका अति बिपन्न र जोखिममा रहेका २७ जना बालबालिकाका परिवारलाई उनीहरुको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ खाद्यान्न वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

उनले मानवबेचविखन रोकथामका लागि सञ्चालन गरिएको सो परियोजना अन्तर्गत जोखिममा रहेका बालबालिकाका परिवारमा जनचेतना फैलाउनुका साथै उनीहरुलाई सहयोग पनि गर्ने गरिएको बताए ।

खजुरा गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग र वडा नम्बर ४ का वडाअध्यक्ष तिलकविर सुनारले बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।


गाउँपालिकाका अध्यक्ष कक्षपतिले प्लानको सहयोगमा क्लबले सञ्चालन गरेको यो परियोजनाले सरकारको मानवबेचविखन विरुद्धको अभियानमा ठुलो सहयोग मिलेको दाबी गरे ।

प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली र गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले जोखिममा रहेका बालबालिकाको संरक्षणमा विशेष जोड दिइने बताएका थिए ।

वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई ३० किलो चामल, साढे तीन किलो चिनी, पाँच किलो नुन, तीन लिटर रिफाइन तेल, तीन किलो दाल, पौने चार किलो चना, डेढ किलो सर्फ, तीन वटा साबुन, सात प्याकेट सेनेटरी प्याड, १४ वटा मास्क र एक सेनिटाइजर रहेको परियोजनाका संयोजक महेश नेपालीले बताए ।

सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदनापुर विद्यालयमा बृक्षारोपण

१८ भाद्र २०७८, शुक्रबार १५:२८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका २० मदनापुरस्थित श्री भवानी प्राविमा शुक्रवार बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो । एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय […]