दाङमा स्वास्थ्यकर्मी काममा फर्किए

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार १५:५५
 

दाङ : राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुव्र्यवहार गर्नेहरूलाई प्रहरीले कारबाही अघि बढाएपछि दाङका स्वास्थ्यकर्मी बुधवारदेखि काममा फर्किएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए ।

सिंहलाई दुव्र्यवहार गरेको आरोप लागेका सर्जन परियार, दिवस क्षेत्री र दिलीप डाँगीलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएकाले आन्दोलन स्थगित गरेको नेपाल चिकित्सक संघका जिल्ला सचिव डा. बीपी भुसालले बताए ।


अस्पतालमा अनियमितता भएको, बिरामीको उपचारमा गम्भीरता नभएको, स्वास्थ्यकर्मीहरू नियमित काममा नखटेको जस्ता आरोप लगाउँदै युवकहरूले भदौ ११ गते सिंहलाई कार्यकक्षमै कालोमोसो दलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट गएका युवक सल्यानमा पेस्तोलसहित पक्राउ

१६ भाद्र २०७८, बुधबार १५:५५
नेपालगञ्ज : सल्यानमा भारतीय नम्बर प्लेटको बाइकमा प्रहरी चेक पोईन्टमा नरोकि भागेका एक युवक कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित पक्राउ परेका छन् । भारतीय सी एच ०१ बी पी २१९४ नम्बरको मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षीय गणेश रावल सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ सल्ली स्थित […]