लागुऔषधसहित रुपन्देहीमा ३ जना पक्राउ

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १४:४९
 

दाङ : रुपन्देहीमा ठूलो परिमाणको लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । बुटबल उपमहानगरपालिका वडा नं. २ मैनाबगरस्थित रहेको सानु देबि पुन बस्दै आएको घरबाट तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया सानुदेवीसहित रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ३ खजना घर भएका ४१ वर्षीय प्रकाश बानिया र नवलपरासी पश्चिम सरवाल गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षिया शोभादेवी हरिजन रहेका छन् ।


उनीहरुको साथबाट प्रहरीले लागुऔषध सेरिजेक ४७६ थान, नुफ्रिन ४६२ थान, फिनारगन ४५७, नाइट्रोसन ७० ट्यबलेट, नाइट्रोभ्याट ६७५ ट्याबलेट र गाजा ४९० ग्राम बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागूऔषध कारोबार गर्दैछन भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

२२ श्रावण २०७८, शुक्रबार १४:४९
काठमाण्डौ : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय विरुद्ध शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र भूमि व्यवस्था, सहकारी तथा गरीबी […]