चोरी मुद्दामा फरार खाँ पक्राउ, बेवारिसे कपडा बरामद

सदरलाइन संवाददाता ५ श्रावण २०७८, मंगलवार १३:५९
 

नेपालगञ्ज : चोरी मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार भएका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका–५ का २२ वर्षीय हासिम खाँलाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

खाँलाई जिल्ला अदालतले गएको चैत २५ गते चोरी मुद्दामा ५ महिना ७ दिन कैद सजाए सुनाएको थियो । त्यसपछि खाँ फरार थिए । उनलाई मंगलवार घरबाटै पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।


यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–१० बाट वेवारिसे अवस्थामा रहेको कपडा प्रहरीले बरामद गरेको छ । लेडिज सुट, तन्ना, सललगायतका कपडा बरामद भएको प्रहरीले जनाएको छ ।

ती कपडाको मूल्य करिव १ लाख २ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलि गरेर कपडा भित्र्याइएको प्रहरीको अनुमान छ । प्रहरीलाई देखेपछि तस्करहरु कपडा छाडेर फरार भएको हुन सक्ने पनि प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २३ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज

५ श्रावण २०७८, मंगलवार १३:५९
नेपालगञ्ज : बाँकेमा मंगलवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा २३ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा ७४ नमुना परीक्षण गर्दा १८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३३ […]