लाइसेन्सको प्रयोगात्मक परीक्षाको टुङ्गो लागेन

सदरलाइन संवाददाता १८ असार २०७८, शुक्रबार १४:३२
 

नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्जले पुनः सेवा सुरू गरेपनि झण्डै दुई महिनादेखि ठप्प रहेको लाइसेन्सको प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन ।

दोस्रो लहरको कोरोना भाइरस फैलिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ९ गतेदेखि नेपालगञ्जमा र जिल्लामा बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

योसँगै यातायात व्यवस्था कार्यालय नेपालगञ्जले सम्पूर्ण सेवा बन्द गरेको थियो । पछिल्लो केहि समयदेखि कोरोना संक्रमण दरमा कमी आउन थालेपछि निषेधाज्ञा खुकुलो बनाउँदै विभिन्न क्षेत्रहरु विस्तारै खुल्न थालेका छन् ।


यातायात व्यवस्था कार्यालय नेपालगञ्जले पनि सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरेको छ । तर झण्डै दुई महिनादेखि ठप्प रहेको सवारी चालक अनुमती पत्र लाइसेन्सको प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका निमित्त प्रमुख पूर्ण खत्रीले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गरी सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः शुरू गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा राज्यमन्त्री रायमाझीद्धारा राजीनामा

१८ असार २०७८, शुक्रबार १४:३२
बुटवल : लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । रायमाझीले मुख्यमन्त्रीसमक्ष शुक्रबार राजीनामा बुझाएकी हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी रायमाझी केही समय अघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेर राज्यमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो दल जनता समाजवादी […]