मटेहियामा ईप्रका भवनको शिलान्यास

सदरलाइन संवाददाता ५ असार २०७८, शनिबार १९:३२
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुरको मटेहियामा भोजभगवानपुर इलाका प्रहरी कार्यालय निर्माणको शिलान्यास गरिएको छ । राप्तिसोनारीको वडा नं ६ र ७ संगै नरैनापुर गाँउपालिकाको सुरक्षा हेर्ने इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा ३ करोडको लागतमा आधुनिक तीन तले भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल र बाँके प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक ओमबहादुर रानाले संयुक्तरुपमा सो भवनको शिलान्यास गरेका हुन ।
प्रहरीले १२ कठ्ठा ११ धुर जग्गा आफू मातहत ल्याएपछि भवनको शिलान्यास गरिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिए ।

सो कार्यक्रममा पुर्व सांसद महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी नमुना, राष्ट्रिय अनुसन्धानका एसपी नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।


यसैविच, ईलाका प्रहरी कार्यालय धनौली खजुरामा स्थानीयको सहभागितामा ३ कोठे भवन र खजुरा गाँउपालिकाको आर्थिक सहयोगमा वाउन्ड्रि वालको उद्घाटन संगै हस्तान्तरण गरिएको छ ।

पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रानाले संयुक्त रुपमा भवन र पर्खालको उद्घाटन संगै ईलाका प्रहरी कार्यालय धनौली खजुराका ईन्चार्ज बसन्त आचार्यलाई हस्तान्तरण गरेका थिए । सोहि अवसरमा भवन बनाउन सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय युवा संघ बाँकेले विपद्मा उद्दारका लागि आफ्ना कार्यकर्ता परिचालन गर्ने

५ असार २०७८, शनिबार १९:३२
नेपालगञ्ज : एमाले निकट राष्ट्रिय युवा संघ, बाँकेले जिल्लामा आईपर्ने विपद्मा उद्दारका लागि आफ्ना कार्यकर्तालाई परिचालन गर्ने तयारी गरेको छ । शनिवार संघका अध्यक्ष तिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बर्षतको समयमा हुन सक्ने विपतमा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाइ परिचालन गर्ने तयारी गरेको हो । युवा संघ बाँकेका अध्यक्ष सुनारको अध्यक्षतामा […]

सम्बन्धित