लुम्बिनी प्रदेश सरकारद्वारा ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम बँकेमा प्रभावकारी बन्दै

रुद्र सुवेदी २७ बैशाख २०७८, सोमबार १४:२९
 


नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले तीन वर्ष अघि सुरु गरेको यो कार्यक्रमका लाभग्राहीले सेवालाई अझ प्रभावकारी र गुणस्तरिय गराउदै लैजान सुझावसमेत दिएका छन ।

लुम्बिनी प्रदेश सरकारले कार्यक्रम सुरु गर्दा स्वास्थ्यकर्मीले प्रत्येक महिनाको एकपटक वा आवश्यक पर्दा ३ पटकसम्म ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम सुरु गरेको भए पनि विभिन्न कारणले हाल प्रत्यक ३–३ महिनाको अन्तरमा सेवा दिने गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

प्रदेश सरकारले आफुहरुको घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गरेर आफुहरु प्रति ठूलो गुण लगाएको कार्यक्रका लाभग्राही बाँके खजुरा रनियाँपुरका ८६ वर्षिय मोहम्मद मिन्नु खाँले बताए । ‘आफ्ना सन्तान छैनन भाईको छोराले पालन पोषण गरेको छ । दुख्ख बिराम हुँदा समस्या थियो तर, लुम्बिनी प्रदेश सरकारले हामी जस्ता जेष्ठ नागरिकका लागि घरमै पुगेर स्वास्थ्य सेवा सुरु गरेर ठूलो गुण लगाएको छ’–उनले भने ।

यस्तै खजुरा गाउपालिका–१ बीरपुरकी ८५ वर्षिया बृन्दादेबी सुनारले लुम्बिनी प्रदेश सरकारले सुरु गरेको घरमै पुगेर दिने स्वास्थ्य सेवाले आफुलाई नयाँ जीवन नै दिएको बताईन । उनले यो सेवालाई प्रत्येक महिनाको एक पटक र आफुहरुको स्वास्थ्य समस्यालाई आवश्यक पर्ने औषधिसमेत थप गरेर लागु गर्नुपर्ने सुझाव दिन्छिन ।

खजुरा–१ बहादुरपुरका ८९ वर्षिय रुद्रबहादुर रानाले केही नहुनु भन्दा स्वास्थ्यकर्मी घरमै आएर सेवा दिनु राम्रो भएको बताउदै अ‍ैषधि र सेवालाई अझ परिस्कृत गरी सामाजिक सुरक्षा भत्ता पाउने सबै उमेर समुहसम्म पुराउन आवश्यक रहेको औल्याए ।

लुम्बिनी प्रदेस सरकारले सञ्चलनमा ल्याएको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमले आफ्ना अभिभावकको स्वास्थ्यमा निक्कै सहज भएको लाभग्राहीका आफन्तहरुको भनाई छ ।


खजुरा रनियाँपुरका मिन्नु खाँका भतिजा रम्जान खाँले काका बिरामी हुँदा बोकेर आफ्नै पैसा खर्चेर उपचारको लागि अस्पताल स्वास्थ्य केन्द्र लैजानु पर्ने अवस्थामा प्रदेश सरकारले घरमै औषधि सहित स्वास्थ्यकर्मी पठाएर आफुहरुलाई सहज बनाई दिएको बताए । उनले यो सुविधा अझ थप गर्नुपर्ने माग गरे ।

बाँके खजुरा–१ बिरपुरका खडकबहादुर सुनारले आफ्नी आमा बिन्द्रादेबी विरामी पर्दा खाटमा बोकेर नेपालगञ्जसम्म लगेको नमिठो अनुभव सुनाउछन । तर, अहिले प्रदेश सरकारले घरमै स्वास्थ्यकर्मी पठाएर उपचार पाउदा उनी निक्कै खुसी भएको बताए । ‘सानोसानो दुख्ख विमार हुँदा औषधि उपचारका लागि नेपालगन्जै पुराउनु पथ्र्यो तर, अहिले भने जानु पर्दैन । अहिले समयको बचत भएको छ भने उपचारका लागि पैसा छैन भन्ने पिर हराएको छ’– उनले भने ।

प्रदेश सरकारको कार्यक्रम ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम खजुरा गाउपालिकामा नियमित सञ्चालनमा रहेको खजुरा गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल बताउछन् । उनले खजुरामा नियमित रुपले कार्यक्रम सञ्चालनमा आएको जानकारी दिए ।

प्रदेश सरकारको कार्यक्रम र पालिकाको निर्देशन अनुसार नियमित रुपमा सेवाग्रहीको घरमै पुगेर सेवा प्रवाह गर्दा आफुहरुलाई पनि नौलो अनुभव भएको बाँके खजुरा–१ राधापुर स्वास्थ्य चौकीका ईन्र्चाज दिपक ढकालको भनाई छ ।

आर्थिक वर्ष २०७५\०७६ देखि पहिलो पटक स्वास्थ्यकर्मी ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकको घरमै पुगेर सेवा दिने गरी सुरु गरिएको सो कार्यक्रम अन्तरगत पहिलो बर्ष बाँकेमा १ हजार ७ सय ५२ जनाले सेवा लिएका छन् भने आर्थिक वर्ष २०७६\०७७ मा ८ सय २७ जना र चालु आर्थिक वर्षमा ५ सय जनाले सेवा लिएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको छ । यो सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउदै उमेर समुह सामाजिक सुरक्षा भत्ता लिने सबै जेष्ठनागरिकसम्म पुराउन सके ठूलो संख्यामा रहेका जेष्ठ नागरिकले लाभ लिन सक्ने थिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा.योगी बाँकेका पत्रकारहरुका लागि कोरोना परामर्शकर्ता

२७ बैशाख २०७८, सोमबार १४:२९
नेपालगञ्ज  :  कोरोना संक्रमणको कहरबाट स्वास्थ्य समस्यामा परेका बाँकेका पत्रकारका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले उपचार तथा परामर्शका लागि डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र फिजिसियन तथा फोक्सो रोग बिशेषज्ञ डा. योगीबीच सो विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार डा. […]

सम्बन्धित