विहिवार दीप प्रज्वलन

कोरोनाबिरुद्ध बाँकेका धमगुरुहरुद्वारा आज विशेष प्रार्थना गरिदै

सदरलाइन संवाददाता २२ बैशाख २०७८, बुधबार ०९:४७
 
                                                                                                                              फाईल फोटो

नेपालगञ्ज  : कोभिड १९ का कारण भयावह वनेको नेपालगञ्ज (बाँके) मा बुधवार आज बेलुका सवै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलहरुमा एकसाथ एउटै समयमा आ–आफ्नो चलन अनुसार विशेष पूजा अर्चना तथा प्रार्थना गर्ने भएका छन् । बाँकेका धर्मगुरुहरु गत वर्ष पनि कोरोना कहरको बेलामा आफ्नै अगुवाईमा विभिन्न धार्मिक स्थलमा स्वाब संकलनदेखि कोरोना नियन्त्रणका लागि विभिन्न सचेतनामुलक गतिबिधि सञ्चालन गर्दै आएका थिए ।

धर्मगुरुहरुको अन्तर धार्मिक तथा सामाजिक सद्भाव मंचको आह्वानमा एकै साथ पूजा र प्रार्थना गर्न लागिएको मंचका अध्यक्ष, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिए । उनले भने–‘बुधवार (आज) वेलुकी ४.३० देखि ५ वजेसम्म सवै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलमा विशेष पूजा र प्रार्थना गर्नुहुनेछ ।’

‘मन्दिर, मस्जिद, गुम्वा, गुरुद्वारा र चर्चमा एकै समय एकसाथ प्रार्थना ÷ कामना हुनेछ – कोभिड महामारी चाँडै हटोस्, थप क्षति नहोस भनेर अव्हान गरेको पूजा र प्रार्थना सकेपछि सवै धर्मका धर्मगुरुहरुलाई बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पार्कमा आमन्त्रण गरेको छु’– अध्यक्ष योगीले भने–‘त्यहाँवाट हामी धर्मगुरुहरुले एकसाथ सम्पूर्ण सर्वसाधारणलाई अहिलेको अवस्थामा केही सन्देश दिन खोजेका छौं ।’

कोरोना महामारीले नेपालगञ्ज क्षेत्र वढी प्रभावित छ, सिंगो देश कोरोनावाट प्रभावित छ । महामारी चाँडै हटोस् भन्ने कामना सहित यस्तो वेलामा कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, उनीहरुका आफन्तजन, उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सहित महामारी नियन्त्रणमा खटिएका सुरक्षाकर्मी सहित सवैको मनोवल वढाउन र दिवंगतहरुको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सवै धार्मिक स्थलमा एक साथ पूजा र प्रार्थना गर्न लागेको धर्मगुरुहरुले वताएका छन् ।


मंचका सह अध्यक्ष मुस्लिम धर्मगुरु मौलाना जब्बार मंजरीले संकटको वेला सवै धर्मगुरुहरुले सर्वसाधारणको मनोवल वढाउन यो विशेष प्रार्थना र पूजा गर्न लागेको वताए ।

विहिवार दीप प्रज्वलन

यसैगरी विहिवार वेलुकी नेपालगञ्जवासीले दीप प्रज्वलन गर्ने भएका छन् । कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सवै आम नेपालीको दाजुभाई दिदीबहिनीहरुको मनोवल वढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको हो ।

आ–आफ्नै घरको मुलगेट, वरण्डा या घर परिसरमा दियो , मैनवत्ती या वल्व बालेर कोरोना विरुद्धको लडाईंमा सिंगो बाँके र सवै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रवाह गरौं ! – नेपालगन्जवासीले अपिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालाबजारीबिरुद्ध बाँके अखिल र युवासंघको खबरदारी

२२ बैशाख २०७८, बुधबार ०९:४७
नेपालगञ्ज :  कोभिड–१९को दोस्रो भेरियन्ट माहामारिको कारण निषेधाज्ञाको मौकाछोपेर औषधि र अत्यावश्यक बस्तुहरुको मूल्यवृद्धि भ्रष्टाचार, कालोबजारी र बिकृती बिसंगतिहरु बढ्दै गएको भन्दै एमाले निकट अनेरास्वावियु र युवासघले संबन्धित निकायको ध्यानकर्षण गराएको छ । अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ नेपाल बाँकेको संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा हाल बजारमा भैरहेको […]