कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु

सदरलाइन संवाददाता २१ बैशाख २०७८, मंगलवार १३:३६
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा खजुरा २ का ६९ बर्षीय पुरुष रहेका छन् । उनलाई आइसोलेसनबाट अस्पताल लैजादै गर्दा सोमवार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज १० का ५२ बर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा ५५ बर्षदेखि ८० बर्षसम्मका रहेका छन् । कोरोनाबाट मृत्यु हुनेमा नेपालगञ्ज १० का ७० बर्षीय पुरुष रहेका छन् । उनको सोमवार राती ११ बजेर ४० मिनेटमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।


त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बर्दगोरिया ६ कैलाली का ८० बर्षीय पुरुषको सोमवार राती ११ बजेर ५० मिनेटमा मृत्यु भएको छ । सोही अस्पतालमै धनगढी ११ कैलालीकै ५५ बर्षीय पुरुषको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।

मृत्यु हुने चौथो संक्रमित भने बाँके बैजनाथ ५ की ६२ बर्षीया महिला रहेकी छिन् । उनको बिहान साढे ६ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३ र बाहिरी जिल्लाका बाँकेमा उपचार गराइरहेका १२५ संक्रमितहरुको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबिरुद्ध बाँकेका धमगुरुहरुद्वारा आज विशेष प्रार्थना गरिदै

२१ बैशाख २०७८, मंगलवार १३:३६
नेपालगञ्ज  : कोभिड १९ का कारण भयावह वनेको नेपालगञ्ज (बाँके) मा बुधवार आज बेलुका सवै धर्मका धर्मगुरुहरुले आ–आफ्नो धार्मिक स्थलहरुमा एकसाथ एउटै समयमा आ–आफ्नो चलन अनुसार विशेष पूजा अर्चना तथा प्रार्थना गर्ने भएका छन् । बाँकेका धर्मगुरुहरु गत वर्ष पनि कोरोना कहरको बेलामा आफ्नै अगुवाईमा विभिन्न धार्मिक स्थलमा स्वाब संकलनदेखि […]