भेरीमा खाना खुवाउन उपमहानगरले सहयोग गर्ने

सदरलाइन संवाददाता २० बैशाख २०७८, सोमबार १७:३५
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एकलाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपैयाँमा प्रति छाक विहानको खाना खुवाईरहेको रसोईलाई उप–महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका विरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपैयाँमा साँझको खाना खुवाईरहेको छ ।

रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उप–महानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।

यसैगरी नगरभित्र होम आईसोलेसनमा बसेका विरामीहरुलाई वडाका स्वास्थ्य फोकल पर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आईसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जले भेरीमा स्वास्थ्यकर्मी खटायो

२० बैशाख २०७८, सोमबार १७:३५
नेपालगञ्ज : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरु भर्ना गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए । नेपालगञ्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी […]

सम्बन्धित