नेपालगञ्जमा तेश्रो आईसोलेशन केन्द्र बन्दै

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १८:०५
 

नेपालगञ्ज : कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र वालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड १९ महामारीको राकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आईसोलेसन बनाउनका लागि त्यसको ममृतसम्भार र रंगरोगनाका लागि आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो ।


बैठकको निर्णयलगत्तै नगरप्रमुख राणाको नेतृत्वको जनप्रतिनिधी र प्राविधिकसहितको टोलीले मर्मतसम्भार र रंगरोगनको प्रारम्भिक स्टिमेट तयार पारेको छ । नगर प्रमुख राणाले छिटो भन्दा छिटो आईसोलेसन बनाउन निर्माण कार्य तत्कालै सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

महामारी नियन्त्रणका लागि थप आईसोलेसन आवश्यक छ, नगर प्रमुख राणाले भने,– आजैदेखि निर्माणको कार्य सुरु गर्नेगरि खटिनुहोस । उप–महानगरपालिकाले भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरी आईसोलेसन केन्द्र निर्माण गर्न लागेका कारण गुणस्तरीय सेवा सुविधा पाउने उनले बताए । सो अवसरमा उप–प्रमुख उमा थापा मगर, कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गठित अनूगमन समितिका सदस्य नगर प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

१९ बैशाख २०७८, आईतवार १८:०५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बैजनाथ गाउँपालिका ५ कि ३३ बर्षीया महिला हुन् । उनको सोमवार बिहान ६ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेमा […]