बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या बढ्दै

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १२:२८
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिएको बाँकेमा संक्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आइतवार बाँकेका विभिन्न आइसोलेशनमा उपचाररत ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

१४ महिने बालकसहित १४२ जना महिला र १६३ पुरुष गरि ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

शनिवार २५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा अधिकांश संक्रमित होम आइसोलेशनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

१९ बैशाख २०७८, आईतवार १२:२८
नेपालगञ्ज : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै नियुक्त गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दाबी पेश […]