लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलद्वारा राजिनामा

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १०:२४
 

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन । संविधानको धारा १६९ को १ को क अनुसार मुख्यमन्त्री पदबाट पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले आजै स्वीकृत गरेका छन । पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री विरूद्दको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुदैथियो ।मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची थियाे ।

पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।  २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। अहिले एमाले लुम्विनिको बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा थप ४ जनाको मृत्यु

१९ बैशाख २०७८, आईतवार १०:२४
नेपालगञ्ज : बाँकेमा थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दिया राजापुर २ का २७ बर्षीय पुरुषको शनिबार साँझ साढे ५ मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका […]